यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबीबीएस तथा बीई कोर्ष अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई मासिक रु. ३००० छात्रवृत्ति र बीएस्सी, बीए, बीबीएस र बीपीएच लगायत अन्यकोर्षहरु अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई मासिक रु. २००० छात्रवृत्ति प्रदान गरिन्छ । विद्यार्थीहरु योग्यताको आधारमा छनोट गरिने र ५० प्रतिशत सिटहरु शैक्षिक रुपमा पिछडिएका जिल्लाहरुबाट आउने विद्यार्थीहरुको लागि आरक्षण गरिएको दुताबासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
मानव संशाधन विकासको क्षेत्रमा भारत र नेपालबीच वृहत तथा निकट सम्बन्ध रहेको छ । समय स“गै भारत सरकारले शिक्षा क्षेत्रमा प्रदान गर्ने सहयोगको मात्रामा दुबै परिमाणात्मक तथा गुणात्मक तवरमा धेरैगुणा वढोत्तरी भएको छ ।
भारत–नेपाल सहयोगले विगत देखिनै नेपालमा मानव संशाधन विकासमा ठूलो योगदान पु¥याउदै आएकोछ । भारत सरकारले नेपाल अवस्थित आफ्नो नियोग मार्फत करिव १७८३ छात्रवृत्ति कोटाहरु प्रदान गर्दै आएको छ । यी छात्रवृत्तिहरु चिकित्साशास्त्र, कृषि, विज्ञान, कानून, कला, पशु विज्ञान, कम्प्यूटर विज्ञान तथा फार्मेसी जस्ता विविध विषयहरुमा अण्डरग्राजुएट, पोष्टग्राजुएट र फेलोसिप गरि विभिन्न तहहरुमा प्रदान गरिन्छ । आम संचार, विज्ञान तथा प्रविधि, मानव संसाधन, योजना तथा शहरी विकास, सूचना प्रविधि जस्ता विषयहरुमा नेपाली नागरिकहरुलाई तालिम प्रदान गरिएको छ । नेपाल सरकारका सबै तहका अधिकारीहरुको लागि ठूलो संख्यामा तालिमका कोर्षहरु पनि प्रदान गरिएको छ । यी छात्रवृत्तिको अतिरिक्त नेपाली नागरिकहरु भारतका शैक्षिक संस्थाहरुमा सिधै भर्ना हुने पनि गर्दछन् । नेपाली गोर्खा सैनिकले भारतीय सेनामा पु¥याएको योगदानलाई कदर गर्ने सानो प्रयासको रुपमा ३२ छात्रवृत्ति कोटाहरु उनिहरुका छाराछोरीहरुको लागि पनि छुट्याइएको छ ।
२००५–०६ देखि प्रदान गरिदै आएको छात्रवृत्ति÷तालीमबाट १०००० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएको कुराप्रति भारत सरकार गौरवान्नित छ । भारतीय राजदूतावास ठूलो संख्यामा नेपाली विद्यार्थीहरुलाई शिक्षा उपलब्ध गराउने महत्वाकांक्षी योजनालाई कार्यान्वयन गर्न सम्वन्धित संस्थानहरुलाई अविछिन्न रुपमा सहयोग प्रदान गर्न प्रतिवद्ध रहेको दुताबासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।








