Showing posts with label Internet World. Show all posts
Showing posts with label Internet World. Show all posts

Friday, December 16, 2011

स्टिभ जब्स : एक्काइसौं शताब्दीका विम्ब

मनोज दाहाल- स्टिभ जब्सको १६ वर्ष पुरानो ६९ मिनेट लामो अन्तर्वार्ता, जुन कहिल्यै कहीँ प्रसारण भएको छैन, जुन एउटा डकुमेन्ट्री बनाउन लिइएको थियो र खिच्नेबित्तिकै कतै हराएको थियो, यही साता निर्देशक पउल सेनको ग्यारेजमा भेटियो। यो अन्तर्वार्ता लिएका बेला स्टिभले आफैं रोपेको एप्पलको लहलहाउँदो बगैंचा भर्खरै छाडेका थिए, नयाँ कम्प्युटर कम्पनी ‘नेक्स्ट' खोलेका थिए र माइक्रोसफ्टका बिल गेट्सले उनका उत्पादनका लागि सफ्टवेयर दिन रुखो स्वरमा अस्वीकार गरेका थिए।

गत बिहीबार (अस्तिमात्र) अमेरिकामा पहिलोपल्ट सार्वजनिक रूपमा प्रदर्शन गरिएको त्यो अन्तर्वार्तामा स्टिभले भनेका छन्, ‘मानिसहरू विम्ब रुचाउँछन्, म पनि केही निश्चित चिजको विम्ब हुँ।'
होइनन् त?
पर्सनल कम्प्युटर, आइपड, आइफोन र आइप्याडका पिता स्टिभ त्यो अन्तर्वार्ताको सोह्र वर्षपछि छरिता इलेक्ट्रोनिक्सका विम्ब बनेका छन्।
पुरापुर बाँचे जीवनमा ५६ वर्ष काफी हुन्छ भन्ने स्टिभले प्रमाणित गरिदिए, गतिशील, सिर्जनात्मक र अनुमानै गर्न नसकिने गरी चमत्कारी गतिविधिहरूद्वारा।
सनकी, पाखन्डी, घमन्डी, छुल्याहा, जिद्दी, एकोहोरो र गैरजिम्मेवार। यी सबैमा स्टिभ अब्बल थिए। कमसेकम पत्रकार तथा लेखक वाल्टर आइज्याक्सनले उनको निधनको छ साताअघिसम्मका घटना समेटेर उनको निधनको दुई सातापछि विश्वभरि सार्वजनिक गरेको किताब 'स्टिभ जब्स'ले यही भन्छ।
उनी सिर्जनशील, दक्ष, चमत्कारी, प्रेमपूर्ण, मेहनती, दयालु र प्रिय थिए। यो पनि आइज्याक्सनले स्टिभ जब्सलगायत सयौं मानिससँग सयौंपटक अन्तर्वार्ता गरेर तयार गरेको जीवनीले नै भन्छ।
टाइम म्यागेजिन र सिएनएन न्युज च्यानलका प्रमुख पदमा रहेर लामो समय काम गरेका यी जीवनी लेखकभन्दा एक कदम अगाडि बढेर म भन्छु- स्टिभका अगाडि शब्दकोशका अधिकांश विशेषणको प्रयोग गलत हुँदैनन्। उनी मसिहा थिएनन्, विभिन्न मानिसले भनेजसरी, बरु राम्रा/नराम्रा सबै गुणले भरिएका पूर्ण मानिस थिए। आइज्याक्सनले नै विभिन्न ठाउँमा उद्धृत गरेजसरी, एक्काइसौं शताब्दीका प्रवर्तकमध्ये एक थिए।
आइपड, आइफोन, आइप्याड नहुँदो थियो त बीसौं शताब्दी र एक्काइसौं शताब्दीबीच उल्लेख्य फरक कम्ती हुन्थ्यो।
...
निधनको डेढ महिनाअघि (अगस्ट २४, २०११) स्टिभले एउटा सानो र विशेष समारोहमा एप्पलको सिइओ पद टिम कुकलाई सुम्पेका थिए। वर्षौंदेखिको प्यान्त्रि्कयाज क्यान्सरले उनको जीवन लिनै लागेको थियो जुन उनी र सारा संसारलाई थाहा भइसकेकै थियो। त्यसको करिब चालीस दिनपछि (अक्टोबर ५, २०११) उनको निधनको स्वाभाविक तर अप्रिय खबर आयो। एक्काइसौं शताब्दीलाई एक्काइसौं शताब्दीका महŒवपूर्ण उपकरण दिने सिर्जनशील दिमागले यो दिन विश्राम लिएको थियो।
एप्पलको मुख्यालयमा भएको त्यो ऐतिहासिक समारोहमा स्टिभले आठ वाक्यको सम्बोधन गरेका थिए। ‘मैले जहिल्यै भनेको छु, त्यस्तो दिन आयो भने जब म एप्पलको सिइओका कर्तव्य र अपेक्षा पूरा गर्न नसक्ने अवस्थामा हुनेछु, तपाईंहरूलाई त्यसको पहिलो जानकारी दिने म नै हुनेछु,' उनी जीवनको अन्तिम औपचारिक संवाद बोल्दै थिए, ‘दुर्भाग्यवश, त्यो दिन आएको छ।'
त्यो सम्बोधनसम्म समेटेर स्टिभ जब्सको औपचारिक जीवनी त्यही समारोहको दुई महिनापछि अर्थात उनको निधनको दुई सातापछि (अक्टोबर २४, २०११) तीन सातापछि बजारमा आएको थियो। छ सय पृष्ठभन्दा मोटो यो किताबका थुप्रै विशेषता होलान् तर मलाई सबैभन्दा मन परेको के भने यसले ती विष्मयकारी प्राणीको जीवन कति आयामिक थियो होला भन्ने कल्पना गर्न मसिना आधारहरू दिएको छ।
५६ वर्ष, ६ महिना र थप केही दिन स्टिभले जीवनका प्रत्येक पल उत्तिकै सजीवतापूर्वक बाँचेका थिए भन्ने बुझाउन आइज्याक्सनको जीवनीले मद्दत गरेको छ।
किताबको लेखन सीधा र क्रमबद्ध छ- यसपछि यो, यसपछि यो भन्ने शैलीमा। स्टिभको जीवन कति विविधतापूर्ण र सजीव थियो भने यसलाई थप जटिल नबनाउन यही शैलीमा जीवनी लेख्नु जरुरी थियो सायद। संक्षिप्त हुँदाहुँदै स्टिभको ५६ वर्षे जीवनले लेखकलाई कतिसम्म डोर्‍याएको छ भने लामो समय टाइम म्यागेजिन सम्पादन गरेर लामो कुरा छोटोमा लेखेर दुनियाँलाई पढाएका आइज्याक्सनले पनि ६ सय रोचक पृष्ठमा मात्र आफूलाई टुंग्याउन सकेका छन्।
...
स्टिभ जब्सका बुबा सिरियाली थिए र आमा अमेरिकी।
स्टिभ जब्सका बुबा अमेरिकी थिए र आमा आर्मेनियाली मूलकी अमेरिकी।
माथिका दुवै वाक्य सही छन् किनभने स्टिभका चारजना बुबाआमा थिए।
स्टिभका बुबा सिरियाली थिए जसलाई उनले जिन्दगीमा कहिल्यै भेटेनन्। उनकी आमा अमेरिकी थिइन् जसलाई स्टिभले आफ्नो आधा उमेर कटिसकेपछि मात्र भेटे।
स्टिभकै शब्दका यी दुई बुबाआमा उनका ‘बीज बैंक' मात्र थिए। बिहे नगरी उनलाई जन्माए र ५६ वर्षअघिको त्यो परम्परागत अमेरिकी समाजमा आफ्नो हर्कत ढाकछोप गर्दै कसैको धर्मपुत्र बनाइदिए।
दोस्रो विश्वयुद्धताका अमेरिकी नौसेनामा काम गरेका छ फिट अग्ला पउल जब्स र तुर्कहरूको अत्याचार सहन नसकेर आर्मेनियाबाट भागेर आएको दम्पतीका छोरी क्लारा ह्यागोपियनले उनलाई धर्मपुत्र ग्रहण गरे र नाम स्टिभ पउल जब्स राखिदिए।
एक जोडी बुबाआमाले उनलाई दुत्कारेको थियो भने अर्को जोडी बुबाआमाले उनलाई प्रेम गरेको थियो। तिनै पउल र क्लारा नै जीवनकालभरि स्टिभका बुबाआमा भइरहे।
सिरियाली अब्दुलफताह जोन जान्दाली र स्टिभलाई जन्माउँदा बिहे नगरे पनि पछि उनैसँग बिहे गरेकी जोना सिएबलसँग भने उनको आत्मीयता कहिल्यै रहेन। सिएबललाई त उनले पछि 'माफी' दिए तर जान्दालीसँग भने कहिल्यै भेट्न रुचिसम्म देखाएनन्। बरु जान्दाली दम्पतीकी दोस्री सन्तान अर्थात स्टिभकै बायोलोजिकल दिदीसँग भने उनको सम्बन्ध घनिष्ठ रह्यो जो कालान्तरमा उपन्यासकार मोना सिम्पसन भइन्। उनले आफ्ना बुबाआमाको सम्बन्ध, स्टिभ जब्स र बुबाको मनोभावनाबारे उपन्यासहरू लेखेकी छन्।
...
सायद यस्तै परिस्थितिहरूले स्टिभलाई बाल्यकालदेखि नै विद्रोही र आध्यात्मिक बनाएको थियो र १९ वर्ष उमेरमै गुरुको खोजीमा सात महिना भारत घुमाएको थियो। पछि जीवनकालभरि उनी जेन बुद्धिजमका अनुयायी बने।
प्रतिष्ठित रिड कलेजमा भर्ना गरेर डेढ वर्ष यसै हल्लिएका स्टिभ कहिल्यै स्नातक भएनन्। पढाइलाई आफूले खासै महत्व नदिएको उनले छ वर्षअघि स्टान्डफोर्ड विश्वविद्यालयमा दिएको स्नातक वक्तव्यमा पनि भनेका छन्।
रिड 'ड्रपआउट' गरेको १७ वर्षपछि जन्मिएको छोराको नाम उनले 'रिड' राखिदिए र जब क्यान्सर भएको थाहा भयोे, उनले भगवानसँग आफ्ना छोराले स्नातक गरेको हेर्न पाऊँ भनेर सर्त राखे। उनैले भनेका छन्, ‘जब मलाई क्यान्सर भएको पत्ता लाग्यो, मैले भगवान वा जोसुकै हुन्सँग भनेँ, रिडले स्नातक गरेको हेर्न चाहन्छु।'
ती भगवान वा जेसुकै हुन्ले स्टिभलाई सुनेछन्। सन् २००९ मा जब रिड १८ वर्षकै उमेरमा स्नातक भए, स्टिभले कलेजबाटै आइज्याक्सनको आइफोनमा टेक्स्ट गरे, ‘म आज जीवनकै सबैभन्दा खुसी भएको छु।' त्यो साँझ उनले घरमा पार्टी पनि आयोजना गरे।
स्टिभको जीवनका विरोधाभाषहरू यत्तिमात्र थिएनन्।
२३ वर्षकै उमेरमा उनले बिहे नै नगरी एउटी छोरी जन्माए तर उनलाई आफ्नो छोरी भनेर पछिसम्म स्वीकार गरेनन्। उनलाई जान्दाली दम्पतीले पनि २३ वर्षकै उमेरमा जन्माएर 'एडप्सन'का लागि दिएका थिए। स्टिभले त पउल र क्लाराजस्ता मायालु बुबाआमा पाए तर स्टिभकी पहिली छोरी लिसाले भने पछिसम्म पनि उनको माया पाइनन्। सनकी स्टिभले धेरै पछि भने लिसाको नाममा नयाँ कम्युटर नै ल्याए जुन म्याकिन्टोसको केही महिनाअघि लन्च भयो र त्यत्तिकै फासफुस भयो। म्याकिन्टोसले भने एप्पलका सुरु उत्पादन 'वान', 'टु'भन्दा धेरै बढी प्रसिद्धि पायो जो हामी सबैलाई थाहै छ।
...
फर्निचर नरुचाउने स्टिभको घरमा कुनै सजिसजाउ वा बाह्य सामग्री हुँदैन थिए। बेडरुममा भने आइन्स्टाइन र निम करोली बाबाको तस्बिर फ्रेम गरेर टाँगिएको थियो। कसैले भनेको छ-आइन्स्टाइनको जस्तो दिमाग र योगीको जस्तो ध्यान एकै ठाउँमा मिसियो भने विलक्षण प्रतिभाशाली व्यक्तित्वको निर्माण हुन्छ।
सायद स्टिभ आफूमा आइन्स्टाइनको दिमाग र निम करोली बाबाको आध्यात्मिक शक्ति मिसिएर बनेको प्रतिभाको परिकल्पना गर्थे। उनले आफ्नो व्यक्तित्वमा आइन्स्टाइन र निम करोली बाबाको लगभग फ्युजन गरेका थिए।
उनी निम करोली बाबाबारे एकजना साथीबाट सुनेरै १९ वर्षमै भारत आएका थिए। उनको भारत अनुभव खासै रमाइलो भएन।
प्रचण्ड गर्मीमा उनी दिल्ली ओर्लिए। बुक गरेको होटलमा कोठा नपाएपछि रिक्सावालाले उनलाई एउटा सस्तो होटलमा लग्यो जहाँको पानीले उनलाई पखाला चल्यो। एक सातामै उनी ६० पाउन्ड घटे र हलचल नै गर्न नसक्ने गरी थलिए। केही दिन होटलकै ओछ्यानमा पसारिएर अलि हिँड्नसक्ने भएपछि उनी नैनीताल पुगे र पहाडी गाउँहरू घुमे। त्यहाँ उनले परमहंस योगानन्दको ‘द अटोबायोग्राफी अफ योगी' भन्ने चर्चित किताब दोहोर्‍याएर पढिरहे जसले जीवनभरि उनलाई ऊर्जा दिइरह्यो। पहाड घुम्ने क्रममै एउटा युवा साधुले उनले टाउको खौरिदियो र जोगी बनाइदियो।
सात महिनापछि जब स्टिभ अमेरिका फर्किए, उनीसँग खल्तीमा फुटेको कौडी थिएन। बाआमा विमानस्थलमा लिन आउँदा कपाल खौरिएका, गेरुवस्त्र लगाएका र दुब्ल्याएर सिठी भएका स्टिभलाई चिन्दा पनि चिनेनन्। निकै घोरिएर एउटा साधुजस्तो मानिसलाई ‘स्टिभ' भनेर बोलाउँदा पो उनले ‘हाई' भनेर बुबाआमालाई जवाफ फर्काएका थिए।
त्यसको दुई वर्षभित्रै स्टिभ २१ वर्षकै उमेरमा एप्पल कम्पनीका सहसंस्थापक भए र रातारात सूचना प्रविधिका क्षेत्रमा हलचल मच्चाए। त्यो हलचल लगातार ३५ वर्षसम्म जारी रह्यो। ट्याब्लेट लन्च हुँदासम्म एप्पल स्टिभकै दिमागमा चल्थ्यो।
गत मेमा जब स्टिभ क्यान्सरले घरमै थलिन थाले, कुनै समयका प्रतिस्पर्धी र झगडिया बिल गेट्स उनलाई भेट्न घरै आए। जब स्टिभ आफैंले रोपेको एप्पलबाट निस्केर ‘नेक्स्ट' भन्ने कम्पनी स्थापना गर्ने क्रममा थिए, सफ्टवेयरका विषयमा गेट्ससँग उनैले जोरी खोजेका थिए। जीवनकालभरि उनीहरूको सम्बन्ध खासै सुमधुर रहेन। बिल भने स्टिभसँग निकै प्रभावित थिए। उनले सम्भि्कएका छन्, ‘क्यान्सरले थिलथिलो पारेका बेला पनि स्टिभको ऊर्जा देखेर म लोभिन्थेँ।'
स्टिभसँग भेट्नु केही दिनअघि आइज्याक्सनसँग वासिङटनमा एउटा डिनरका क्रममा बिलले भेटेका थिए। उनी एप्पल आइप्याडको सफलतामा अचम्भित हुँदै कसरी यति बिरामी हुँदा पनि आफ्नो उत्पादनमा के सुधार गर्न सकिन्छ भनेर बिल घोत्लिरहन सक्छन् भन्दै आइज्याक्सनसँग जिल्लिएका थिए।
बिलले लेखकसँग भनेका थिए, ‘म भने विश्वबाट मलेरिया कसरी उन्मुलन गर्ने वा त्यस्तै काममा लागेको छु, स्टिभ अझै नयाँनयाँ सिर्जना गरिरहेको छ।' गेट्स फाउन्डेसन खोलेर समाजसेवा गर्दै हिँडेका उनी स्टिभको लगन र सिर्जनशीलताको कायल बनेका थिए।
...
नुहाउन नरुचाउने, फोहोरी, गनाउँदै खालि खुट्टा हिँड्ने र चरक्क फुटेको खुट्टा साह्रै पोल्यो भने ट्वाइलेटमा गएर भिजाउने स्टिभजस्ता हिप्पीले नै परम्परागत धारबाट बाहिरिएर एक्काइसौं शताब्दीको रचना गरेका हुन्।
सोह्र वर्षकै उमेरमा होल अर्थ भन्ने कम्पनीले निकाल्ने क्याटलगमा छापिएको एउटा फरक खालको तस्बिरबाट स्टिभ खुब प्रभावित भएका थिए। ग्रामीण सडकको बिहानी दृश्यको त्यो तस्बिरमुनि लेखिएको थियो, ‘अतृप्त रहु, अज्ञानी रहु (स्टे हंग्री, स्टे फुलिस।)' स्टिभका प्रशंसकहरू भने यो स्टिभकै हरफ भन्ठान्छन्।
एप्पलका उत्पादन सार्वजनिक गर्ने क्रममा उनी सधैं महँगा र सानदार विज्ञापन बनाउँथे जुन शताब्दीकै चर्चित 'प्रोमो' बनेका छन्।
सन् १९९७ को एप्पल कमर्सियलले भनेको छ- विश्व बदल्न सक्छु भनेर सोच्ने पागल मानिस नै यसो गर्न सक्छन्।
'विश्व बदल्न सक्छु भनेर सोच्ने पागल'को सबैभन्दा सानदार उदाहरण स्टिभ जब्स नै हुन्।

किताबबाट
नयाँ, सधैं नयाँ
म्याकिन्टोसमै काम गर्दाताका, सन् १९८२ मा, स्टिभले चर्चित लोकगायिका
जोन बेजलाई भेटे। ‘म धेरै उत्साही थिइनँ तर उनी आकर्षक र रमाइली रहिछन्,
' स्टिभले सम्झे। त्यो बेला उनी बार्बरा जासिन्स्कीको सम्बन्धबाट लगभग
बाहिरिसकेका थिए।
उनीहरूले हवाईमा बिदा मनाए, सान्ता क्रुज पहाडको घरमा सँगै रात बिताए र
बेजको एउटा कन्सर्टमा सँगै पनि गए। त्यसबेला स्टिभ २७ वर्षका थिए भने
बेज ४१ पुगिसकेकी थिइन्। ‘हाम्रो सम्बन्ध निकै गहिरियो,' स्टिभले भने।
रमाइली र प्रतिभाशाली हुनुका साथै कुनै समय बब डायलनकी प्रेमिका भएका
कारण पनि स्टिभले बेजसँग सम्बन्ध राखेको उनकी कलेज पढ्दाताकाकी
साथी एलिजाबेथ होम्स बताउँछिन्। ‘डायलनसँग बेजको सम्बन्धले पनि स्टिभ
उनीप्रति आकर्षित भएका थिए,' होम्सले भनिन्।
स्टिभलाई भेट्दा बेजको १४ वर्षको छोरो पनि थियो, ग्याब्रियल। लन्च खाँदा
उनले स्टिभलाई भनिन्, ‘म ग्याबीलाई टाइप सिकाउँदैछु।'
स्टिभले सोधे, ‘टाइपराइटरमा?'
बेजले भनिन्, ‘हो।'
‘तर, टाइपराइटर त अब प्राचीन भइसक्यो,' स्टिभले भने।
‘त्यसले मलाई के गर्छ?'
कुनै जवाफ आएन। पछि बेजले भनिन्, ‘त्यो सोध्नेबित्तिकै मलाई जवाफ पनि
आइहाल्यो। प्र्रश्न हावामै तैरिए पनि म आतंकित बनेँ।'
बेज पनि प्राचीन हुँदै थिइन्।
(पृष्ठ २५० बाट भावानुवाद।)
...
पैसाले बरबाद
मैले कहिल्यै पैसाको चिन्ता गरिनँ। मध्यमवर्गीय परिवारमा हुर्किएकाले भोकै
रहुँला भन्ने सोच्दै सोचिनँ। अटारीमा काम गर्दा मलाई थाहा भयो, म ठिकैको
कामदार बन्न सक्छु, त्यसैले जीविका भइहाल्छ।
कलेज पढ्दा र भारत भ्रमणताका म चाहेरै गरिब भएको थिएँ। काम गर्दा पनि
मैले एकदमै सामान्य जीवन बाँचेँ। त्यसैले म ठिकै गरिबबाट एकदमै धनी भएँ।
दुवै बेला मैले पैसाको चिन्ता गर्नु परेन।
मैले एप्पलमा त्यस्ता मानिस देखेँ जसले धेरै पैसा कमाए र फरक तरिकाले
बाँच्नुपर्छ भन्ने ठाने। केहीले रोल्सरोयस र थुप्रै घर किने। म्यानेजरसहितका
घर र तिनलाई व्यवस्थित गर्न अरू म्यानेजर। तिनीहरूका स्वास्नी प्लास्टिक
सर्जरी गराएर छक्कलाग्दा प्राणी बनेको देख्थेँ।
मैले बाँच्न चाहेको यसरी होइन। यो पागलपन हो। मैले आफैंसँग प्रतिज्ञा गरेँ-
पैसाले म आफ्नो जीवन बर्बाद हुन दिन्नँ।
(स्टिभ जब्सलाई उद्धृत गर्दै, पृष्ठ १०५।)

source: onlinekhabar.com

Thursday, March 10, 2011

अब आत्महत्याको सूचना फेसबुकले दिन्छ

फेसबुकका कारण बिश्वका धेरै मानिसले आत्महत्या गरेको समाचार त सुन्दै आएका छौं । तर, आत्महत्याको कारक बनेको सोही फेसबुकले अब आत्महत्या गर्न लागेका सदस्यका बारेमा अलर्ट गर्ने प्रणालीको बिकाश गरेको छ ।

सेसियल नेटवर्किङ साइड फेसबुकले एक नयाँ प्रणाली सुरु गर्दैछ, जसको मद्दतले उसको नजरमा आत्महत्या गर्ने सोंच बनाएका तपाईका फेसबुक साथीको बारेमा जानकारी दिनेछ ।

फेसबुकले यो सुविधा समैरिटन्स नामक संस्थासँग मिलेर सुरु गर्न लागेको हो । आत्महत्याको सूचना दिने यो प्रणालीको बिकाश गर्दा धेरै ब्यक्तिमा यसको प्रयोग गरिएको यसका बिकाशकर्ताहरुले बताएका छन् ।

यो संस्थाले समस्यामा गरेका मानिसहरुलाई भावनात्मक समर्थन गर्दै आएको छ, जसमा आत्माहत्या गर्न सक्ने मानिसहरु पनि छन् ।

फेसबुकले सुरु गर्न लागेको नयाँ प्रणाली प्रयोगका लागि तपाई जसको बारेमा चिन्तित हुनुहुन्छ, त्यसबारे लेख्दै एक र्फम भर्नुपर्ने हुन्छ । यो र्फम साइटको मोर्डरेटरसम्म पुग्नेछ ।

तपाईको उक्त सन्देश लेखेको फेसबुकको लिंक पनि साथै दिनुपर्नेछ । यसबाहेक प्रयोगकर्ता र उ कुन कुन नेटवर्कका सदस्य छ भन्ने जानकारी दिनुपर्नेछ ।

त्यसपछि फेसबुक टिमले ती ब्यक्तिको आत्महत्यासम्वन्धी अलर्ट पठाउने छ । फेसबुकले यो बिधि छिटै प्रयोगमा ल्याउने बताएको छ ।

Wednesday, December 16, 2009

जापान जान ५० हजार तिरे पुग्ने

विश्वकै लागि आकर्षक श्रम गन्तव्य जापानमा प्रशिक्षार्थीका रुपमा जान पचास हजार रुपैयाँ मात्र तिर्नुपर्ने भएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन (जिट्को) मार्फत जापान कामदार पठाउन प्रवर्द्धन खर्च वापत म्यानपावर कम्पनीले यो रकम लिन पाउनेछन् । सरकारले नेपाली औद्योगिक प्रशिक्षार्थी सम्बन्धी निर्देशिकालाई आइतबार श्रम तथा यातायात मन्त्रालयले पारित गरेको छ ।

यसमा टिकट खर्च, भिसा शुल्क जोडिएको छैन । यो खर्चमा जापानी पक्षले तोके बमोजिम कामदारको स्वास्थ्उ परीक्षण, पूर्व प्रस्थान, भाषा सँस्कृत सम्बन्धी शुल्क कादारको अनुगमन, बजार व्यवस्थापन खर्च समावेश छन् । यो भन्दा बढी रकम लिए वा दिए भ्रष्टाचार गरे सरह कारबाही हुने निर्देशिकामा उल्लेख छ ।

मन्त्रालय स्रोतका अनुसार निर्देशिका जारीसँगै अब म्यानपावर कम्पनीले कामदारको माग ल्याएर वैदेशिक रोजगार बिभागमार्फत पठाउन पाउने छन् । जिट्कोमा आवद्ध उद्योगबाट माग पत्र ल्याएर विभागबाट स्वीकृत गराइ कामदार लैजान पाउने मन्त्रालय स्रोतले बतायो । निर्देशिका १ सय ७१ म्यानपावर र नेपाल उद्योग वाणिज्य महासंघलाई लागू हुनेछ, आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

Friday, December 4, 2009

मन्त्रिपरिषद् बैठक सम्पन्न, सगरमाथा घोषणापत्र जारी

१९ मंसिर, काठमाडौं । सगरमाथा घोषणापत्र जारी गर्दै इतिहासमै पहिलोपटक सगरमाथा आधारशिविरमा मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । १० बुँदे घोषणापत्रमा दक्षिणएसियाली लगायत सबै पक्ष राष्ट्रहरुसँग हिमाली क्षेत्रको संरक्षणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

पर्वतीय पर्यावरणलाई संरक्षण गर्ने क्रममा संरक्षित क्षेत्रलाई बिस्तार गरी नेपालको हालको २० प्रतिशत संरक्षण क्षेत्रलाई २५ क्षेत्रमा पुर्‍याउने र वन क्षेत्र ४० प्रतिशतलाई सुदृढ गर्ने घोषणा गरेको छ । यसैगरी विकसित राष्ट्रले कूल गार्हस्थ उत्पादनको कम्तीमा एक दशमलब ५ प्रतिशत ‘जलवायु अनुकूलन कोष’मा योगदान गर्ने प्रस्तावमा नेपालले समर्थन जनाएको छ ।

मानव कृयाकलापबाट जलवायु परिवर्तनबाट भयावह स्थिति सृजना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० पीपीएम भन्दा घटी हुन नहुने र पृथ्युको सतहको औसत तापक्रम १ दशमलब ५ सेन्टि्रग्रेड भन्दा नगर्न हरित गृह ग्याँस उत्सर्जनकर्ता राष्ट्रहरुलाई आग्रह गरेको छ ।

डेनमार्कको कोपनहेगनमा आगामि शनिबारबाट सुरु हुने जलवायु परिवर्तन सम्वन्धी १५ औं शिखर सम्मेलनमा पनि १ दशमलब ५ सेन्टि्रग्रेड तापक्रम सम्बन्धि मुद्दा मुख्य एजेण्डा छ ।

आधारशिविर कालापत्थरमा ५ हजार २ सय ४२ मिटरको उचाइमा करिब आधा घण्टा बैठक बसी स्याङ्गबोचेमा फर्केर पत्रकार सम्मेलन गरिएको थियो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले कोपन हेगनमा हुने विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आधारपत्रलाई बैठकले अन्तिम रुप दिएको जानकारी दिनुभयो ।

यसैगरी डिसेम्बर ११ तारिकमा डेनमार्कको कोपनहेगनमा पर्वतारोहीहरुको सम्मेलनमा नेपालका पर्बतारोहीबाट पेश हुने ‘सेभ हिमालया’ नामको घोषणापत्र पनि बैठकले जारी गरेको छ । सम्मेलनमा सहभागी हुन ३० जना नेपाली पर्वतारोही जानेछन् ।

सुदूरपश्चिमको दार्चुला जिल्लाका २१ गाविस समेटेर संरक्षण क्षेत्र घोषणा गरेको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जलाई नयाँ राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ । स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

बैठकमा सहभागि हुन विहीबारै लुक्ला पुगेका प्रधानमन्त्री माधबकुमार नेपालसहित २४ मन्त्रीहरु आज विहान कालापत्थर पुगेका थिए । विहीबार लुक्लामा बसेका सबै सदस्यहरु आज विहान नेपाली सेनाको एम आई हेलिकोप्टरबाट स्याङ्बोचे हुँदै कालापत्थर पुगेका हुन् । कालापत्थर प्रस्थान गर्नुअघि स्याङ्बोचेमा मन्त्रीपरिषद्का सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधबकुमार नेपालले विश्वसमुदायलाई जलवायु परिवर्तनबारे चेतना जगाउन बैठक महत्वपूर्ण भएको बताउनु भयो । सबैभन्दा बढि कार्बन उत्सर्जन गरिरहेका राष्ट्रहरुले जलवायु परिवर्तनविरुद्धको अभियानमा सबैभन्दा बढी त्याग गर्नुपर्ने बताउनुभयो ।

विभिन्न अन्तर्राष्ट्रिय एनजीओहरुको सहयोगमा आयोजित बैठकको समाचार प्रसारण गर्न देशी, विदेशी गरी ७५ जना भन्दा बढि संचारकर्मीहरुको टोली पनि स्याङ्बोचे पुगेका थिए । मौसम अनुकूल नभएकाले सबै सहभागी शुक्रबार काठमाण्डौ आउन सकेनन् ।

Thursday, September 10, 2009

आज सेप्टेम्बर ११



आजभन्दा आठ वर्ष पहिले वल्र्ड ट्रेड सेन्टरमा भएको हमलामा सेन्टरका २ हजार ६ सय ४ मानिस, पेन्टागनका १२५ जना, ४ वटा विमानका २४५ यात्रु मारिनुका साथै अझै सम्म २४ जना हराएको बताइएको छ । यसरी यो हमलामा जम्मा २ हजार ९ सय ७४ को मृत्यु र २४ जना वेपत्ता भएका थिए ।

आज सेप्टेम्बर ११, आज भन्दा ठिक ८ वर्ष अगाडि सेप्टेम्बर ११, २००१ मा अलकायदा समूहले अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा आजकै दिन हमला गरेको थियो । उनीहरुले हमलाका लागि अमेरिकी ४ वटा व्यावसायिक जेट प्लेनको अपहरण गरेका थिए । ती मध्ये २ वटा प्लेन न्यूयोर्क स्थित वल्र्ड ट्रेड सेन्टरमा ठोक्काएका थिए जसमा सबै यात्रु लगायत भवनमा कार्यरत हजारौँ कर्मचारीहरुको मृत्यु भएको थियो । साथै वरपरका कयौँ भवनहमा समेत आगलागी र क्षति भएको थियो । सेन्टरका दुईवटै भवन २ घण्टाभित्र खरानी भएका थिए। अपहरणकारीहरुले अर्को प्लेनलाई पेन्टागनमा ठोक्काउने उद्देश्यले लगेका थिए र चौथो प्लेन एउटा जंगलमा खसेको थियो । ती चार विमानमध्ये कुनै पनि विमानका यात्रुहरु बाँच्न सकेनन् ।

यो घटनामा कुल २ हजार ९ सय ९३ मानिसहरुको मृत्यु भएको थियो । तीमध्ये अधिकांश मानिसहरु सर्वसधारण नागरिक थिए जो अमेरिका लगायत विश्वका विभिन्न ९० देशका नागरिक थिए । यसका अलावा केही मानिसहरुको वल्र्ड ट्रेड सेन्टरमा भएको घटनापछि उडेको धुलो र धुँवाको कारणले स्वास प्रश्वास सम्बन्धी रोग लागेर मृत्यु भएको थियो ।

उक्त घटनामा पेन्टागनमा भएको क्षतिको एकवर्षभित्रै पुनर्निमाण गरिएको थियो भने वल्र्ड ट्रेड सेन्टरको नयाँ विल्डिङ बनाउने काम २०११ मा पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ । जुन संसारको अग्लामध्ये एक विल्डिङ हुनेछ । यसको लम्बाई १,७७६ फिट (५४१ मिटर) हुने बताइएको छ । यसका वरपर निर्माण गरिने अन्य टावरहरु २०१२ भित्र निर्माण पूरा गरिसक्ने बताइएको छ ।

केही फोटोहरु

Bookmark and Share






Sunday, September 6, 2009

रक्त समूहले निर्धारण गर्छ मानिसको स्वभाव


तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।

Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

Group AB:-
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

Bookmark and Share

छिट्टै नेपालमा पनि आइपी टिभी

टेलिकमको लक्ष्यअनुसार काम हुन सके आउँदो एक वर्षभित्र तारवाला टेलिफोनका उपभोक्ताले केबुल टिभीसमेत प्रयोग गर्न पाउने छन्। त्यसपछि अहिले जस्तो टेलिफोन, केबुल टिभी र इन्टरनेटका लागि छूट्टाछूट्टै तार प्रयोग गर्नूपर्ने छैन।

नेपाल टेलिकमले टेलिफोनको तारबाट टेलिफोनमात्र नभै इन्टरनेट र केबुल टिभीसमेत दिने प्रविधि ल्याउन लागेको हो। एक वर्ष अघिदेखि यस्तो प्रविधिको चर्चा भए पनि टेलिकमले उपकरण किन्न हालै सुचना प्रकाशित गरेको छ।

अहिले टेलिफोनको तारबाट एडिएसएल प्रविधिबाट इन्टरनेट चल्छ। तर, केबुल टिभी भने चलिसकेको छैन।

एनजिएनअर्न्तगत वितरण हुने इन्टरनेट अहिलेको एडिएसएल दाँजोमा सस्तो र द्रूतगतिको हुन्छ।

'नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन)' भनिने यस्तो प्रविधि ल्याउन टेलिकमले काम सूरु गरिसकेको छ। 'हामीले उपकरण किन्न टेण्डर आव्हान गरिसकेका छौं,' टेलिकमका नायव प्रवन्ध निर्देशक अनुपरन्जन भट्टराईले भने।

टेलिकमले चारलाख लाइन एनजीएन किन्ने योजना बनाएको छ। यसका लागि तीनदेखि चार करोड अमेरिकी डलर खर्च हुने अनुमान छ। 'बढीमा चार करोड डलर खर्च हुने अनुमान गरिएको छ,' भट्टराईले भने।

एनजीएनको मुल्य अन्तर्राष्ट्रिय बजारमा छोटो समयमै तलमाथि भैरहने हूँदा टेलिकमले अनुमान गरेको यो मुल्यभन्दा अझै सस्तोमा पनि पाउनसक्छ।

टेलिकमको लक्ष्यअनुसार काम भए एक वर्षभित्र काठमाडौंबासीले एउटै तारबाट तीन किसिमको सेवा लिन सक्ने छन्। अहिले टेलिकमले तारबाट टेलिफोन र इन्टरनेट सेवा दिइरहेको छ। केबुल टिभीसमेत टेलिफोनको तारबाट प्रशारण गरेर ग्राहकका घरसम्म पूर्‍याउन निजी कम्पनीसँग 'सेयरिङ' गर्ने प्रस्ताव गरिएको छ।

टेलिफोनको तारबाट केबुल टिभी दिन दूई विदेशी कम्पनीले चासो देखाएका छन्। यसका लागि चीनको जेडटीई र अमेरिकाको यूटिस्टार कम्पनीले केही महिना अघि टेलिकमलाई प्रस्ताव बुझाएको स्रोत बताउँछ।

टेलिफोनको तारबाट प्रसारण हुने केबुल टिभीलाई आइपी (इन्टरनेट प्रोटोकल टिभी) भनिन्छ। यस अर्न्तगत लाइभ र रेकर्डेड टेलिभिजन कार्यक्रमसमेत ग्राहक कहाँ पूर्‍याउने तयारी सूरु गरेको हो।

भारतमा दुरसञ्चार सेवा प्रदायक कम्पनी एअरटेलले गत माघ पहिलो सातादेखि आइपी टिभी सूरु गरेको छ। एअरटेलले टेलिफोन तारबाटै एक सय च्यानल टिभी सेटसम्म पूर्‍याइरहेको छ। सूरुको चरण भएकाले शूल्क च्यानलको संख्याअनुसार कम्तिमा ६ सय देखि १ हजार भारतीय रुपियाँसम्म तोकिएको छ।

Bookmark and Share

Wednesday, September 2, 2009

फेसबुक प्रयोग गर्ने विद्यार्थीको जीपीए नगर्नेको भन्दा कम


कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये फेसबुक प्रयोग गर्ने विद्यार्थीहरुको कुल औसत अंक (जीपीए) फेसबुकको सदस्य नभएका वा प्रयोग नगर्ने विद्यार्थीहरुको तुलनामा निकै कम हुने अध्ययनले देखाएको छ ।

ओहियो स्टेट युनिभर्सिटीका पीएचडीका विद्यार्थी अरेन कारपिन्स्की र उनका सहयोगी ओहियो डोमिनिकन युनिभर्सिटीका एडम डबरस्टेइनले गरेको एक अध्ययनमा फेसबुकको नियमित प्रयोगकर्ताको औसत अंक यसको सदस्य नभएका विद्यार्थीहरुको तुलनामा निकै कम आउने गरेको देखिएको छ । फेसबुकको हालसम्म विश्वभर २०० मिलियन अर्थात लगभग २० करोड सदस्यहरु छन् । “वास्तवमा अधिकांश विद्यार्थीहरु जो दैनिक फेसबुक प्रयोग गर्छन् उनीहरुले आफ्नो पढाइ र समयको एक ठूलो हिस्साको बर्वाद गर्छन् ।” अनुसन्धानकर्ताहरुले भनेका छन् ।

अनुसन्धानकर्ता कारपिन्स्कीले भनेका छन्, “हाम्रो अध्ययनले के देखाउँछ भने फेसबुक प्रयोग गर्ने विद्यार्थीले आफ्नो कुल समयको बढी समय फेसबुकमा र कम समयमात्र पढाइमा खर्चने गर्छ । फेसबुक प्रयोग गर्नु हरेक वर्ग र पुस्ताको एउटा बानी बनिसकेको छ, तर मलाई लाग्छ फेसबुक एउटा गजवको सत्य तथ्य हो ।”

यो अध्ययनको रिपोर्ट अमेरिकन एजुकेशन रिसर्च एशोसियसनमा २००९ अप्रिल १६ मा बुझाइएको थियो । उक्त अध्ययन २१९ ग्राजुयट गरिसकेका र ग्राजुयट नगरेका विद्यार्थीहरुमा गरिएको थियो जसमा फेसबुक प्रयोग गर्नेको जीपीए नगर्नेहरुभन्दा निकै कम भएको देखिएको थियो । उक्त अध्ययनमा फेसबुक प्रयोग गर्नेको जीपीए दर ३.० देखि ३.५ मात्र देखिएको थियो भने प्रयोग नगर्नेको जीपीए ३.५ देखि ४.० देखिएको थियो । यसको मुख्य कारण फेसबुक प्रयोग गर्नेहरु साथीहरुको ठूलो सञ्जालमा आवद्ध हुने हुँदा बढी समय खर्च हुने र प्रयोग नगर्नेहरुको सञ्जाल सानो हुने हुँदा बढी समय पढाइमा लगाउन सकिने बताइएको छ ।

Bookmark and Share

Saturday, August 22, 2009

Happy Teej to all sisters

"Teej" is the fasting festival for women. It takes place in August or early September. The festival is a three-day long celebration that combines sumptuous feasts as well as rigid fasting. Through this religious fasting, hindu women pray for marital bliss, well being of their spouse and children and purification of their own body and soul.


Traditionally, the ritual of Teej is obligatory for all Hindu married women and girls who have reached puberty. Exception is made for the ones who are ill or physically unfit. In such circumstances a priest performs the rites. According to the holy books, the Goddess Parbati fasted and prayed fervently for the great Lord Shiva to become her spouse. Touched by her devotion, he took her for his wife. Goddess Parbati, in gratitude sent her emissary to preach and disseminate this religious fasting among mortal women, promising prosperity and longevity with their family. Thus was born the festival of Teej.


The first day of Teej is called the "Dar Khane Din". On this day the women, both married and unmarried, assemble at one place, in there finest attires and start dancing and singing devotional songs. Admist all this, the grand feast takes place. The jollity often goes on till midnight, after which the 24 - hour fast commences. Some women without a morsel of food or drops of water while others take liquid and fruit.


Gaily dressed women can be seen dancing and singing on the street leading to Shiva temples. But the main activities take place around the Pashupatinath temple where women circumambulate the Lingam, the phallic symbol of the lord, offering flowers, sweets and coins. The main puja (religious ceremony) takes place with offerings of flowers, fruits etc made to Shiva and Parbati, beseeching their blessing upon the husband and family. The important part of the puja is the oil lamp which should be alight throughout the night for it is bad omen if it dies away.


The third day of the festival is Rishi Panchami. After the completion of the previous day's puja, women pay homage to various deities and bathe with red mud found on the roots of the sacred Datiwan bush, along with its leaves. This act of purification is the final ritual of Teej, after which women are considered absolved from all sins. The recent years have witnessed alteration in the rituals, especially concerning the severity, but its essence remains. No matter how agonizing the fast may be Nepalese women have and will always continue to have faith in the austerities of Teej.


Source: nepalhomepage

Bookmark and Share


Wednesday, August 19, 2009

Happy Father's Day !!









Any man can be a Father,

but it takes a special person
to be called Dad.



The idea for creating a day for children to honor their fathers began in Spokane, Washington. A woman by the name of Sonora Smart Dodd thought of the idea for Father's Day while listening to a Mother's Day sermon in 1909.


Having been raised by her father, William Jackson Smart, after her mother died, Sonora wanted her father to know how special he was to her. It was her father that made all the parental sacrifices and was, in the eyes of his daughter, a courageous, selfless, and loving man. Sonora's father was born in June, so she chose to hold the first Father's Day celebration in Spokane, Washington on the 19th of June, 1910.


In 1926, a National Father's Day Committee was formed in New York City. Father's Day was recognized by a Joint Resolution of Congress in 1956. In 1972, President Richard Nixon established a permanent national observance of Father's Day to be held on the third Sunday of June. So Father's Day was born in memory and gratitude by a daughter who thought that her father and all good fathers should be honored with a special day just like we honor our mothers on Mother's Day.


The excert below is from the Silver Anniversary Book on Father's day published in 1935. I would like to thank William Jackson Smart's great granddaughter, Bonnie, for sharing this with me.


"This year, 1935, the Silver Anniversary of Fathers' Day is being observed. Thirty-seven years ago, in the Big Bend hills of Washington, the day had its nativity in a lonely farm dwelling. There Sorrow ministered amid the moaning of the March winds.


A father sat with bowed head in his aloneness. About him clung his weeping children. The winds outside threw great scarfs of powdered snow against the window panes, when suddenly the last born tore himself from the group and rushed out into the storm calling for his mother. Yet even his baby voice could not penetrate the great silence that held this mother.


Hurriedly, the father gathered him back to his protection and for more than two decades, William Jackson Smart, alone, kept paternal vigilance over his motherless children.


This poignant experience in the life of Mrs. John Bruce Dodd of Spokane, Washington, who was then Sonora Louise Smart, was the inspiration for Fathers' Day which materialized through the devotion of this father and the father of her own son, John Bruce Jr., born in 1909. Through the observance of the love and the sacrifice of fathers about her everywhere, her idea of Fathers' Day crystallized in 1910, through a formal Fathers' Day petition asking recognition of fatherhood."


source: net

Bookmark and Share


Tuesday, August 18, 2009

Global Warming Causes Severe Storms











Research Meteorologists found that the temperature changes brought on by global warming are significant enough to cause an increase in the occurrence of severe storms. Severe storms are those that cause flooding, have damaging winds, hail and could cause tornados. Their study revealed that by the end of this century, the number of days that favor severe storms could more than double certain locations, such as Atlanta and New York. Researchers also found that this increase would occur during typical stormy seasons and not during dry seasons when it may be beneficial.


As new storm forecasts hit home, areas already prone to severe weather need to be on the lookout for more storms. The latest forecast says global warming spells bad news for those areas.


Nancy Werner has seen many storms blow through trees in her yard, but there's one storm she'll never forget.


"We started hearing things land on our house," Werner said.


A stump is all that's left of what she heard falling. "We went upstairs and found limbs through our ceiling," Werner said.


The storm cost Werner $40,000 in repairs, but more severe storms could add up to a lot more. Research meteorologists at Purdue University are using climate models to study future weather conditions that would most likely produce a severe storm. Severe storms are ones that cause flooding and have damaging winds and hail. Some spawn tornadoes.


"What we found is that increases in human-induced greenhouse gases will lead to more frequent severe storms in the United States," Jeff Trapp, Ph.D., a meteorologist at Purdue University in West Lafayette, Ind., said.


Based on the models, the researchers believe the number of days that favor the formation of severe storms could more than double in places like Atlanta and New York. These added storms will likely hit areas during already heavy storm seasons and extend wet weather seasons.


"This obviously impacts people in terms of potential hazards to their life and property," Dr. Trapp said.


Researchers hope warning homeowners of increased storm days will help more people prepare earlier. Werner already has a plan in place.


"We've decided we're going to a hotel," she said. Researchers plan to use higher resolution models to find out how often future storms will spawn tornadoes.


HOW STORMS DEVELOP: Storm clouds form as moisture evaporates from the earth into the atmosphere, where the droplets jostle against each other. The air cools off rapidly as it reaches higher altitudes. Sometimes a cold front -- the boundary between where the cold air from one air mass meets the surrounding air -- will force warm, moist air upward into the colder air. This moist air cools off and the water vapor condenses onto tiny particles in the air, called condensation nuclei, collectively forming clouds. The process continues: more and more water vapor turns into liquid and the moist air warms up even more and rises higher and higher. A thunderstorm results.


WHAT CAUSES LIGHTNING? As more and more water droplets collide inside a cloud, their atoms bounce off each other more forcefully. This knocks off electrons. The ousted electrons gather at the lower portion of the cloud, giving it a negative charge, while the upper part of the cloud becomes positively charged. Eventually the growing negative charge becomes so intense that electrons on the Earth's surface are repelled and burrow deeper into the Earth. The Earth's surface becomes positively charged, and hence very attractive to the negative charge accumulating in the bottom of the cloud. All that is needed is a conductive path between cloud and Earth, in the form of ionized air.


ABOUT GLOBAL WARMING: Global warming refers to an average increase in the earth's temperature, which has risen about 1 degree Fahrenheit over the past 100 years, and to changes in climate. A warmer earth may lead to changes in rainfall patterns, and a rise in sea level, for example, as the polar glaciers melt. Some of this rise is due to the greenhouse effect: certain gases in the atmosphere trap energy from the sun so that heat can't escape back into space. Without the greenhouse effect, the earth would be too cold for humans to survive, but if it becomes too strong, the earth could become much warmer, causing problems for humans, plants and animals.


- Science news

Bookmark and Share