
नेपाल टेलिकमले टेलिफोनको तारबाट टेलिफोनमात्र नभै इन्टरनेट र केबुल टिभीसमेत दिने प्रविधि ल्याउन लागेको हो। एक वर्ष अघिदेखि यस्तो प्रविधिको चर्चा भए पनि टेलिकमले उपकरण किन्न हालै सुचना प्रकाशित गरेको छ।
एनजिएनअर्न्तगत वितरण हुने इन्टरनेट अहिलेको एडिएसएल दाँजोमा सस्तो र द्रूतगतिको हुन्छ।
'नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन)' भनिने यस्तो प्रविधि ल्याउन टेलिकमले काम सूरु गरिसकेको छ। 'हामीले उपकरण किन्न टेण्डर आव्हान गरिसकेका छौं,' टेलिकमका नायव प्रवन्ध निर्देशक अनुपरन्जन भट्टराईले भने।
टेलिकमले चारलाख लाइन एनजीएन किन्ने योजना बनाएको छ। यसका लागि तीनदेखि चार करोड अमेरिकी डलर खर्च हुने अनुमान छ। 'बढीमा चार करोड डलर खर्च हुने अनुमान गरिएको छ,' भट्टराईले भने।
एनजीएनको मुल्य अन्तर्राष्ट्रिय बजारमा छोटो समयमै तलमाथि भैरहने हूँदा टेलिकमले अनुमान गरेको यो मुल्यभन्दा अझै सस्तोमा पनि पाउनसक्छ।
टेलिकमको लक्ष्यअनुसार काम भए एक वर्षभित्र काठमाडौंबासीले एउटै तारबाट तीन किसिमको सेवा लिन सक्ने छन्। अहिले टेलिकमले तारबाट टेलिफोन र इन्टरनेट सेवा दिइरहेको छ। केबुल टिभीसमेत टेलिफोनको तारबाट प्रशारण गरेर ग्राहकका घरसम्म पूर्याउन निजी कम्पनीसँग 'सेयरिङ' गर्ने प्रस्ताव गरिएको छ।
टेलिफोनको तारबाट केबुल टिभी दिन दूई विदेशी कम्पनीले चासो देखाएका छन्। यसका लागि चीनको जेडटीई र अमेरिकाको यूटिस्टार कम्पनीले केही महिना अघि टेलिकमलाई प्रस्ताव बुझाएको स्रोत बताउँछ।
टेलिफोनको तारबाट प्रसारण हुने केबुल टिभीलाई आइपी (इन्टरनेट प्रोटोकल टिभी) भनिन्छ। यस अर्न्तगत लाइभ र रेकर्डेड टेलिभिजन कार्यक्रमसमेत ग्राहक कहाँ पूर्याउने तयारी सूरु गरेको हो।
भारतमा दुरसञ्चार सेवा प्रदायक कम्पनी एअरटेलले गत माघ पहिलो सातादेखि आइपी टिभी सूरु गरेको छ। एअरटेलले टेलिफोन तारबाटै एक सय च्यानल टिभी सेटसम्म पूर्याइरहेको छ। सूरुको चरण भएकाले शूल्क च्यानलको संख्याअनुसार कम्तिमा ६ सय देखि १ हजार भारतीय रुपियाँसम्म तोकिएको छ।
No comments:
Post a Comment