फेसबुकका कारण बिश्वका धेरै मानिसले आत्महत्या गरेको समाचार त सुन्दै आएका छौं । तर, आत्महत्याको कारक बनेको सोही फेसबुकले अब आत्महत्या गर्न लागेका सदस्यका बारेमा अलर्ट गर्ने प्रणालीको बिकाश गरेको छ ।
सेसियल नेटवर्किङ साइड फेसबुकले एक नयाँ प्रणाली सुरु गर्दैछ, जसको मद्दतले उसको नजरमा आत्महत्या गर्ने सोंच बनाएका तपाईका फेसबुक साथीको बारेमा जानकारी दिनेछ ।
फेसबुकले यो सुविधा समैरिटन्स नामक संस्थासँग मिलेर सुरु गर्न लागेको हो । आत्महत्याको सूचना दिने यो प्रणालीको बिकाश गर्दा धेरै ब्यक्तिमा यसको प्रयोग गरिएको यसका बिकाशकर्ताहरुले बताएका छन् ।
यो संस्थाले समस्यामा गरेका मानिसहरुलाई भावनात्मक समर्थन गर्दै आएको छ, जसमा आत्माहत्या गर्न सक्ने मानिसहरु पनि छन् ।
फेसबुकले सुरु गर्न लागेको नयाँ प्रणाली प्रयोगका लागि तपाई जसको बारेमा चिन्तित हुनुहुन्छ, त्यसबारे लेख्दै एक र्फम भर्नुपर्ने हुन्छ । यो र्फम साइटको मोर्डरेटरसम्म पुग्नेछ ।
तपाईको उक्त सन्देश लेखेको फेसबुकको लिंक पनि साथै दिनुपर्नेछ । यसबाहेक प्रयोगकर्ता र उ कुन कुन नेटवर्कका सदस्य छ भन्ने जानकारी दिनुपर्नेछ ।
त्यसपछि फेसबुक टिमले ती ब्यक्तिको आत्महत्यासम्वन्धी अलर्ट पठाउने छ । फेसबुकले यो बिधि छिटै प्रयोगमा ल्याउने बताएको छ ।
Thursday, March 10, 2011
Tuesday, July 27, 2010
बगरमै हरियाली भएको सहर– दमाम
– महेश श्रेष्ठ, दमाम, साउदी अरब
साउदी अरेबियाको दमाम शहर एक आधुनिक ठूलो सहरमध्येमा पद्र्ध । साउदी अरबको अन्तर्रा।ष्ट्रय एअरपोर्ट यसै स्थानमा रहेको छ । दमाम सहर किन पनि ऐतिहासिक छ भने यो सहर एक समुन्द्रको छेउमा बालुवामाथि प्लानिङ गरी बनाइएको छ । यहाँको सामान्य तापक्रम प्रायजसो ४० देखि ५५ डिग्रीको आसपासमा रहन्छ । यहाँको मौसम ६ महिना जाडो र ६ महिना गर्मी रहन्छ । यो सहर निकै व्यवस्थित र योजनावद्ध तरिकाले डिजाइन गरिएको छ । यहाँ खाद्यपदार्थ देखि धेरैजसो सामानहरु पानीजहाज मार्फत बाहिरी मुलुकहरुबाट आयात गरिन्छ । यहाँ माटोको मात्रा निकै कम भएकोले बाहिरी मुलुकबाट माटो आयात गरी बालुवामाथि माटो पुरेर बोट बिरुवा रोपिएको भए पनि सहरमा निकै हरियाली देख्न सकिन्छ ।
यो सहर निकै ठूलो हुनुको साथै यहाँ उद्योग धन्दाहरु पनि निकै धेरै संख्यामा रहेका छन् । पर्यटन र होटलहरुको विकास यहाँ निकै राम्रोसँग भएको देख्न सकिन्छ । यहाँको कानुन निकै कडा मानिन्छ । मादक पदार्थहरु बेचबिखन गर्नु यहाँ गैरकानुनी मानिन्छ । त्यसैगरी महिलाहरुमाथि दुब्र्यवहारलाई यहाँ निकै गम्भीर अपराध मानिन्छ । यहाँ लागूपदार्थ, बलात्कार जस्ता घटनाका दोषीहरुलाई सार्वजनिक स्थानमा मृत्युदण्ड दिने कानुन छ । त्यसैले यहाँ लडाई झगडा जस्ता घटनाहरु निकै कम मात्र देख्न सकिन्छ । यहाँको कानुन निकै कडा छ र सबैले कानुनलाई पूर्णतः पालन गरेको देख्न सकिन्छ । सवारी वा अन्य दुर्घटनाको समयमा आपसमा झगडा गर्ने चलन यहाँ निकै कम छ त्यस्तो अवस्थामा पुलिसले नै सबै काम सम्हाल्ने गर्छ ।
यहाँ समुन्द्रको छेउमा बसेर मनोरम दृश्य हेर्दै खाना खाने ठाउँहरु प्रशस्त बनाइएका छन् । यहाँ काम गर्ने अधिकांश मानिसहरु विदेशी नै छन् । जसमा भारतीय, नेपाली, बंगलादेशी, फिलिपिनो र इन्डोनेशियन बढी छन् । यहाँका अत्यन्तै भव्य र हेर्न लायक सहरमा सेकोक, जुबैल, कार्नेस र खोबार पर्छन् जुन अत्यन्तै विकसित साथसाथै मनोरम दृश्यले भरिपूर्ण छ । सेकोक मार्केटमा हप्ताको एक दिन नेपालीहरुको ठूलै जमघट हुन्छ । कामबाट छुट्टी भएको दिन सबै काम भ्याए पछि नेपालीहरु भेटघाट गर्न यो स्थानमा आउने गर्छन् । यहाँ नेपाली रेष्टुरेन्टहरु पनि प्रशस्तै छन् । नेपाली रेष्टुरेन्टमा नेपाली खानाहरु जस्तै दालभात, तरकारी, मोःमोः, छोइला लगायत सबै प्रकारका खानाहरु पाइन्छन् ।
साउदी अरेबियाको दमाम शहर एक आधुनिक ठूलो सहरमध्येमा पद्र्ध । साउदी अरबको अन्तर्रा।ष्ट्रय एअरपोर्ट यसै स्थानमा रहेको छ । दमाम सहर किन पनि ऐतिहासिक छ भने यो सहर एक समुन्द्रको छेउमा बालुवामाथि प्लानिङ गरी बनाइएको छ । यहाँको सामान्य तापक्रम प्रायजसो ४० देखि ५५ डिग्रीको आसपासमा रहन्छ । यहाँको मौसम ६ महिना जाडो र ६ महिना गर्मी रहन्छ । यो सहर निकै व्यवस्थित र योजनावद्ध तरिकाले डिजाइन गरिएको छ । यहाँ खाद्यपदार्थ देखि धेरैजसो सामानहरु पानीजहाज मार्फत बाहिरी मुलुकहरुबाट आयात गरिन्छ । यहाँ माटोको मात्रा निकै कम भएकोले बाहिरी मुलुकबाट माटो आयात गरी बालुवामाथि माटो पुरेर बोट बिरुवा रोपिएको भए पनि सहरमा निकै हरियाली देख्न सकिन्छ ।यो सहर निकै ठूलो हुनुको साथै यहाँ उद्योग धन्दाहरु पनि निकै धेरै संख्यामा रहेका छन् । पर्यटन र होटलहरुको विकास यहाँ निकै राम्रोसँग भएको देख्न सकिन्छ । यहाँको कानुन निकै कडा मानिन्छ । मादक पदार्थहरु बेचबिखन गर्नु यहाँ गैरकानुनी मानिन्छ । त्यसैगरी महिलाहरुमाथि दुब्र्यवहारलाई यहाँ निकै गम्भीर अपराध मानिन्छ । यहाँ लागूपदार्थ, बलात्कार जस्ता घटनाका दोषीहरुलाई सार्वजनिक स्थानमा मृत्युदण्ड दिने कानुन छ । त्यसैले यहाँ लडाई झगडा जस्ता घटनाहरु निकै कम मात्र देख्न सकिन्छ । यहाँको कानुन निकै कडा छ र सबैले कानुनलाई पूर्णतः पालन गरेको देख्न सकिन्छ । सवारी वा अन्य दुर्घटनाको समयमा आपसमा झगडा गर्ने चलन यहाँ निकै कम छ त्यस्तो अवस्थामा पुलिसले नै सबै काम सम्हाल्ने गर्छ ।
यहाँ समुन्द्रको छेउमा बसेर मनोरम दृश्य हेर्दै खाना खाने ठाउँहरु प्रशस्त बनाइएका छन् । यहाँ काम गर्ने अधिकांश मानिसहरु विदेशी नै छन् । जसमा भारतीय, नेपाली, बंगलादेशी, फिलिपिनो र इन्डोनेशियन बढी छन् । यहाँका अत्यन्तै भव्य र हेर्न लायक सहरमा सेकोक, जुबैल, कार्नेस र खोबार पर्छन् जुन अत्यन्तै विकसित साथसाथै मनोरम दृश्यले भरिपूर्ण छ । सेकोक मार्केटमा हप्ताको एक दिन नेपालीहरुको ठूलै जमघट हुन्छ । कामबाट छुट्टी भएको दिन सबै काम भ्याए पछि नेपालीहरु भेटघाट गर्न यो स्थानमा आउने गर्छन् । यहाँ नेपाली रेष्टुरेन्टहरु पनि प्रशस्तै छन् । नेपाली रेष्टुरेन्टमा नेपाली खानाहरु जस्तै दालभात, तरकारी, मोःमोः, छोइला लगायत सबै प्रकारका खानाहरु पाइन्छन् ।
Thursday, June 10, 2010
फुटबल विश्वकप सुरु
२०६७ जेठ २८ शुक्रबारबाट दक्षिण अफ्रिकामा सुरु हुन लागेको विश्वकप फुटबलमा संसारका ३२ उत्कृष्ट देश उपाधी हात पार्न प्रतिस्पर्धामा ओर्लने छन्। र तिब्र एवं प्रतिस्पर्धात्मक स्पर्धाले संसारभरका करोडौं प्रशंसकको मुटुको ढुकढुकी बढाउने छ। त्यससँगै सबैमा फुटबलको विश्व विजेताले पाउने कप कसले भेटाउला भन्ने उत्सुकता हुने छ। आखिर मैदानमा उपस्थित वाहेक २ सय १४ राष्ट्रका ३ सय ७६ टेलिविजन च्यानलको माध्यमबाट हरेक ९० मिनटको प्रतिस्पर्धालाई उत्सुकताकासाथ हेर्ने ७१ करोड ५० लाख दर्शकलाई आकर्षित गरिरहेको विश्वकप के हो, यो कस्तो छ त?फुटबल विश्वकपको पहिलो ट्रफीको नाम जुल्स रिमेट ट्रफी थियो। यसको डिजाई सन् १९३०मा गरिएको थियो।
ब्राजिलले सन् १९७०मा तेस्रो पटक ट्रफी जितेपछि त्यसलाई परिवर्तन गरियो र नाम दिइयो विश्वकप ट्रफी। १८ क्यारेट सुनबाट बनाइएको ३६ सेमी उचाइको यही ट्रफी नै अहिले पृथ्वीको चासोको केन्द्र बनेको छ। यसको कुल तौल ६ दशमलव १७५ किलोग्राम छ र यसको व्यास १३ सेन्टिमिटरको छ।यही विश्वकप प्रतियोगितामा सुरक्षा व्यवस्था चुस्त राख्न विशेष रुपमा प्रशिक्षित ४१ हजार प्रहरी परिचालन गरिने भएको छ। यसको कुल खर्च १ अर्ब ४४ करोड नेपाली रुपैया लाग्ने छ।
यस वाहेक ४० वटा हेलिकोप्टर आकासमा गस्तिमा व्यस्त रहनेछन् भने सय वटा विएम डब्लु कारले स्टेडियम तर्फको राजमार्गमा गस्ती गर्ने छन्।फुटबलको लोकपृयता यस खेलसँग जोडिएको मानिसहरूको संख्याबाट गर्न सकिन्छ। जस अनुसार विश्वभरी २७ करोड व्यक्ति खेलाडी, प्रशिक्षक एवं अधिकारीका रुपमा फुटबलसँग जोडिएका छन्। ति मध्ये ३ करोड ८० लाख दर्ता भएका महिला तथा पुरुष खेलाडी हुन्। पछिल्लो १० वर्षमा दर्ता भएका महिला फुटबल खेलाडीको संख्या ५४ प्रतिसतले बढेर ४१ लाख पुगेको छ।यस विश्वकपको अहिलेसम्म ३४ लाख टिकट विक्री भइ सकेको छ भने ६४ म्याचका लागि टेलिविजन प्रसारण अधिकार फिफाले ३४ अर्ब डलरमा वेचेको छ।
विशेष किसिमका जर्सी र बुट-यस विश्वकप विशिष्ट बन्न पुगेको अर्को कारण यसमा देखिएका जर्सी र बुटको विशेषताहरू पनि हुन्।
विश्वकपमा सहभागी नौ राष्ट्रले लगाउने नाइकको कन्सिडर्ड जर्सी वास्तवमा प्लास्टिकको बोतललाई 'रिसाइकल' गरेर बनाइएको हो। जापान र ताइवानको फोहरको थुप्रोबाट ल्याइएका यी बोतललाई पगालेर पोलिस्टरको धागोमा परिणत गरियो अनी त्यसबाट जर्सी बनाइयो। यसरी एउटा जर्सी बनाउन आठ वटा वोतल लागेको थियो।
त्यसैगरी हरेक विश्वकपमा हेर्न पाइने फुटबल बुटको विविधताले दक्षिण अफ्रिकामा पनि निरन्तरता पाएको छ। यस क्रममा एडिडास र नाइक अगाडी देखा परेका छन्। एडिडास एफ-५० एडिजेरो टिआर एक्स एफ जिको तौल १ सय ६५ ग्राम छ र यो विश्वकै हलुको फुटबल बुट हो। त्यस्तै नाइक मर्कुरियल सुपरफ्लाई-२ को तौल २ सय ३६ ग्राम छ।
Subscribe to:
Posts (Atom)