Monday, March 14, 2011

स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान


११ मार्च २०११ मा होटल ¥याडिसन, काठमाडौंमा आयोजित एक सम्मान कार्यक्रममा नेपालका लागि भारतका महामहिम राजदूत श्री राकेश सूदले भारत सरकारद्वारा नेपाली विद्यार्थीहरुलाई प्रदान गरिने स्वर्ण जयन्ती छात्रवृत्ति कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्तगर्ने नवौं समूहलाई योग्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । स्वर्ण जयन्ती छात्रवृत्ति कार्यक्रम नेपाल–भारत बीच आर्थिक सहयोगको ५० औं वर्ष पुरा भएको उपलक्ष्यमा सन् २००२ मा भारत सरकारद्वारा संचालन गरिएको थियो । कार्यक्रमको शुरुको वर्षमा नेपालमा विभिन्न विषयहरुमा अण्डरग्राजुएट कोर्ष गरिरहेका ५० नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ देखि छात्रवृत्तिको संख्या दोब्बर गरि १०० पु¥याइएको छ ।

यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबीबीएस तथा बीई कोर्ष अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई मासिक रु. ३००० छात्रवृत्ति र बीएस्सी, बीए, बीबीएस र बीपीएच लगायत अन्यकोर्षहरु अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई मासिक रु. २००० छात्रवृत्ति प्रदान गरिन्छ । विद्यार्थीहरु योग्यताको आधारमा छनोट गरिने र ५० प्रतिशत सिटहरु शैक्षिक रुपमा पिछडिएका जिल्लाहरुबाट आउने विद्यार्थीहरुको लागि आरक्षण गरिएको दुताबासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

मानव संशाधन विकासको क्षेत्रमा भारत र नेपालबीच वृहत तथा निकट सम्बन्ध रहेको छ । समय स“गै भारत सरकारले शिक्षा क्षेत्रमा प्रदान गर्ने सहयोगको मात्रामा दुबै परिमाणात्मक तथा गुणात्मक तवरमा धेरैगुणा वढोत्तरी भएको छ ।

भारत–नेपाल सहयोगले विगत देखिनै नेपालमा मानव संशाधन विकासमा ठूलो योगदान पु¥याउदै आएकोछ । भारत सरकारले नेपाल अवस्थित आफ्नो नियोग मार्फत करिव १७८३ छात्रवृत्ति कोटाहरु प्रदान गर्दै आएको छ । यी छात्रवृत्तिहरु चिकित्साशास्त्र, कृषि, विज्ञान, कानून, कला, पशु विज्ञान, कम्प्यूटर विज्ञान तथा फार्मेसी जस्ता विविध विषयहरुमा अण्डरग्राजुएट, पोष्टग्राजुएट र फेलोसिप गरि विभिन्न तहहरुमा प्रदान गरिन्छ । आम संचार, विज्ञान तथा प्रविधि, मानव संसाधन, योजना तथा शहरी विकास, सूचना प्रविधि जस्ता विषयहरुमा नेपाली नागरिकहरुलाई तालिम प्रदान गरिएको छ । नेपाल सरकारका सबै तहका अधिकारीहरुको लागि ठूलो संख्यामा तालिमका कोर्षहरु पनि प्रदान गरिएको छ । यी छात्रवृत्तिको अतिरिक्त नेपाली नागरिकहरु भारतका शैक्षिक संस्थाहरुमा सिधै भर्ना हुने पनि गर्दछन् । नेपाली गोर्खा सैनिकले भारतीय सेनामा पु¥याएको योगदानलाई कदर गर्ने सानो प्रयासको रुपमा ३२ छात्रवृत्ति कोटाहरु उनिहरुका छाराछोरीहरुको लागि पनि छुट्याइएको छ ।

२००५–०६ देखि प्रदान गरिदै आएको छात्रवृत्ति÷तालीमबाट १०००० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएको कुराप्रति भारत सरकार गौरवान्नित छ । भारतीय राजदूतावास ठूलो संख्यामा नेपाली विद्यार्थीहरुलाई शिक्षा उपलब्ध गराउने महत्वाकांक्षी योजनालाई कार्यान्वयन गर्न सम्वन्धित संस्थानहरुलाई अविछिन्न रुपमा सहयोग प्रदान गर्न प्रतिवद्ध रहेको दुताबासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

Thursday, March 10, 2011

अब आत्महत्याको सूचना फेसबुकले दिन्छ

फेसबुकका कारण बिश्वका धेरै मानिसले आत्महत्या गरेको समाचार त सुन्दै आएका छौं । तर, आत्महत्याको कारक बनेको सोही फेसबुकले अब आत्महत्या गर्न लागेका सदस्यका बारेमा अलर्ट गर्ने प्रणालीको बिकाश गरेको छ ।

सेसियल नेटवर्किङ साइड फेसबुकले एक नयाँ प्रणाली सुरु गर्दैछ, जसको मद्दतले उसको नजरमा आत्महत्या गर्ने सोंच बनाएका तपाईका फेसबुक साथीको बारेमा जानकारी दिनेछ ।

फेसबुकले यो सुविधा समैरिटन्स नामक संस्थासँग मिलेर सुरु गर्न लागेको हो । आत्महत्याको सूचना दिने यो प्रणालीको बिकाश गर्दा धेरै ब्यक्तिमा यसको प्रयोग गरिएको यसका बिकाशकर्ताहरुले बताएका छन् ।

यो संस्थाले समस्यामा गरेका मानिसहरुलाई भावनात्मक समर्थन गर्दै आएको छ, जसमा आत्माहत्या गर्न सक्ने मानिसहरु पनि छन् ।

फेसबुकले सुरु गर्न लागेको नयाँ प्रणाली प्रयोगका लागि तपाई जसको बारेमा चिन्तित हुनुहुन्छ, त्यसबारे लेख्दै एक र्फम भर्नुपर्ने हुन्छ । यो र्फम साइटको मोर्डरेटरसम्म पुग्नेछ ।

तपाईको उक्त सन्देश लेखेको फेसबुकको लिंक पनि साथै दिनुपर्नेछ । यसबाहेक प्रयोगकर्ता र उ कुन कुन नेटवर्कका सदस्य छ भन्ने जानकारी दिनुपर्नेछ ।

त्यसपछि फेसबुक टिमले ती ब्यक्तिको आत्महत्यासम्वन्धी अलर्ट पठाउने छ । फेसबुकले यो बिधि छिटै प्रयोगमा ल्याउने बताएको छ ।