Wednesday, June 20, 2012

माइक्रोसफ्टको नयाँ ट्याब्लेट


अमेरिकी कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टले हार्डवेयरको क्षेत्रमा जबरजस्त उपस्थिति जनाउँदै आफ्नै ब्राण्डको नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ ।
सर्फेस  नाम दिइएको टचस्त्रिmन प्रविधिको उक्त ट्याबलेटमा अपरेटिङ सिस्टमको रुपमा विण्डोज ८ रहनेछ भने इन्टेल वा एआरएमको प्रोसेसर रहने बताइएको छ ।
माइक्रोसफ्टको नयाँ ट्याबलेटले एप्पलको आइप्याडलाई चुनौति दिनसक्ने विश्लेषण गरिएको छ ।
यसले ट्याबलेट उत्पादक अरु कम्पनीहरुलाई समेत विन्डोज ८ सपोर्ट गर्ने ट्याबलेटका मोडल उत्पादन गर्ने चुनौति खडा गरेको छ ।
माइक्रोसफ्टको नयाँ ट्याबलेटमा १०.६ इन्चको स्त्रिmन डिस्प्ले छ भने यसको खोल पहिलोपटक म्याग्नेसियमको बनाइएको छ ।
यो ट्याब्लेट एप्पलको आइप्याड भनदा केही ठूलो स्त्रिmनको तथा केही गह्रौँ समेत रहेको छ ।

Tuesday, June 19, 2012

अब गुगलमा ३ डी चित्र

इन्टरनेट कम्पनी गुगलले गुगल म्यापको नयाँ संस्करण बजारमा ल्याएको छ । यस अन्तरगत अब गुगल म्यापमा देखिने चित्रहरु ३ डी प्रविधिमा हेर्न सकिने छ ।
गुगलले अहिलेपनि गुगल म्याप सेवा प्रदान गरिरहेको भएपनि यसमा चित्र तथा नक्साहरु २ डी अर्थात् लम्बाइ र चौडाइको दुइ आयाममा मात्र हेर्न सकिन्छ । तर नयाँ संस्करणपछि गुगल म्यापमा चित्रहरु तिन आयाम अर्थात् लम्बाइ चौडाइ र मोटाइमा हेर्न सकिनेछ । गुगल म्यापको थ्री डी संस्करण निकै लोकपि्रय बन्ने र करोडौँ मानिसले यसको प्रयोग गर्ने गुगलको दाबी छ ।
पछिल्लो समयमा कर्मचारीको बहिर्गमन तथा एप्पलले गुगल म्यापको प्रयोग बन्द गरेको घटनाबाट चिन्तित बनेको गुगलले आफ्नो चित्र प्रविधिमा नयाँ आयाम थपेर विश्वास आर्जन गर्ने प्रयास गरेको विश्लेषकहरुको ठम्याइ छ । बुधबार गुगलका अधिकारीहरुले अमेरिकाको सन प|mान्सिस्कोमा गुगलम्यापको थ्री डी संस्करणको प्रदर्शन समेत गरेका छन् ।
गुगल म्यापका कार्यक्रम व्यवस्थापक पीटर बर्चले आफुहरुले एउटा जादुमय चीज बनाएको भन्दै त्यसको तुलना सुपरम्यान सँग गरेका छन् । अबका केही हप्ताभित्रैमा यो सेवा एन्ड्रोइड र अन्य स्मार्टफोनमा उपलब्ध हुनेछ ।